नेम्वाङको निधनमा गम्भिर सुरक्षा चुकः घट्ना हुँदा कहाँ थिए दुई जना सुरक्षा गार्ड ?

काठमाण्डौं– संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा ब्यक्तिगत सुरक्षाकर्मीको गम्भिर चुक देखिएको छ। सोमवार राती शौचालनमा बेहोस अवस्थामा फेला परेका नम्वाङलाई १ः ५० बजे उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो।

उनको परिवारका सदस्यले एम्बुलेन्स बोलाएर अस्पताल लगेका थिए। अस्पतालको आकस्मिक कक्षमै उनको मृत्युको घोषणा भयो। बुधवार नेम्वाङको शव उनको बालुवाटारमा रहेको निवासमा लगियो। बिहीबार उनको राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ।

नेम्वाङको सुरक्षामा नेपाल प्रहरीका दुई प्रहरी व्यक्तिगत सुरक्षामा खटाएको थियो। नेम्वाङ सभामुख भएदेखि नै उनको सुरक्षामा सई निर्मल बेन्जु खटिँदै आएका थिए। तीन महिना अगाडि प्रहरी प्रधान कार्यालयले असई निर्मल थापालाई समेत नेम्वाङको सुरक्षामा खटाएको थियो।

दुई जना सुरक्षाकर्मी खटाउनुको कारण आलोपालो भिआइपीको सुरक्षा गर्न सकियोस् भन्ने हो। उनीहरुको मुख्य जिम्मेवारी भिआइपीको ज्यान र सम्मानको सुरक्षा गर्नु हो। तर सोमबार बेलुका नेम्वाङ निवासमा दुवै सुरक्षाकर्मी नभएको पाईएको छ। प्राय नेम्वाङ घरमा गएपछि उनीहरू आफ्नो घर फर्कने गरेका थिए। सोमबार पनि उनीहरू दुवै जना घर गएका थिए।

नेम्वाङ शौचालयमा लडेर बेहोसहुँदा उनको घरमा व्यक्तिगत सवारी थियो। तर चलाउन सक्ने व्यक्ति नभएपछि एम्बुलेन्स बोलाएर अस्पताल लैजानु परेको पाईएको छ। यहाँनेरी सुरक्षाकर्मीको गम्भिर लापर्वाही देखिएको जानकारहरु वताउँछन्।

रवि लामिछानेको गृहमन्त्री हुँदा सुरक्षाकर्मीको दुरुपयोग नियन्त्रणको नीति ल्याएर नेम्वाङको निवासको सुरक्षामा खटिएका प्रहरीलाई समेत फिर्ता गरिएको थियो। घटनाको बेलामा नेम्वाङका दुवै छोरा घरमा थिएनन्। श्रीमती र छोरीले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट