राई दाजुभाईको झगडाले भुजेल परिवारको एकै चिहान !

काठमाण्डौं– काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरण ‘साँढेको जुधाई बाछाको मिचाई’ भने जस्तै देखिएको छ। प्रहरीको हालसम्मको अनुशन्धानले सःमिलमा काम गर्ने नविन राईका दाजुभाईको झगडामा भुजेल परिवारको विभत्स हत्या भएको छ।

प्रारम्भिक अनुशन्धानमा घट्नाको बारेमा जानकारी दिन प्रहरी कार्यालय पुगेका दिपेन्द्र राई नै हत्याका अभियुक्त हुन। उनी कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका थिए।

ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका दीपेन्द्र र मोरङ बेलबारीका अन्दाजी २० वर्षिय नवीन राई नातामा दाजु भाई हुन। दीपेन्द्रले नविनलाई कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलले हत्या भएको प्रहरीको अनुमान छ।

घटनाबारे अनुसन्धान जारी रहेकाले यही नै अन्तिम सत्य भने नभएको प्रहरीले जनाएको छ। एक अनुशन्धान अधिकृतका अनुसार नवीन दीपेन्द्रका ठुला बुवा पर्नेका छोरा हुन । नवीनका बुबाले पनि सो मिलमा लामो समय काम गरेका थिए । बुबाकै कारण नवीन त्यहाँ काम गर्न थालेका हुन।

शुक्रबार तीनकुनेकै एउटा स्नुकर हाउसमा दीपेन्द्रले दिनभर साथीहरूसँग स्नुकर खेलेको र साँझपख मिलमै रहेको नवीनको कोठामा पुगेको प्रहरीको अनुशन्धानले देखाएको छ। रक्सीले धुत भएर पुगेका उनले नविनसँग झगडा गरेको र छुट्याउन जाँदा भुजेल परिवारको परिवारै मासिएको प्रहरीको अनुमान छ।

यो प्रकरण अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डिएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसी र प्रहरी वृत्त बानेश्वरका इन्स्पेक्टर वीरेन्द्र केसी सदस्य छन ।

दिब्य सःमिल दोलखाका एमाले नेता एवं व्यवसायी बालकृष्ण शिवाकोटीले सञ्चालन गर्दै आएको पाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट