गैरीगाउँ हत्या प्रकरणमा ट्वीस्टः अरु ठाउँमा पनि युवतीको हत्या गरेको सञ्जयको वयान

काठमाण्डौं– काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका सञ्जय भण्डारीले आफुले ४ जना वाहेक अन्य ठाउँमा पनि हत्या गरेको खुलासा गरेका छन्।

सिन्धुपाल्चोक (बाह्रबिसे– ९)का २३ वर्षीय बोल्न नसक्ने सञ्जयले प्रहरीलाई बयान दिने क्रममा उक्त घट्नाको खुलासा गरेका हुन। उनको यो बयानले प्रहरी तनावमा छ।

लिखित र सांकेतिक भाषा बुझ्ने प्रहरीलाई उनले दिएको बयानमा आफुले चाबहिल भत्केको पुल, भाटभटेनीलगायतका ठाउँमा युवती मारेको बताएका छन्। भत्केको पुलको रामेछाप खाना तथा खाजाघरमा पनि ७÷८ वर्ष अघि युवतीको हत्या गरेको दाबी गरेपछि प्रहरी विहिवार साँझ त्यहाँ पुगेको थियो।

सञ्जयलाई समेत प्रहरीले घटनास्थलमा लगेको थियो। तर, उनले भने अनुसारको अवस्था भने नदेखिएको प्रहरीले जनाएको छ। सञ्जयले गलत बयान दिँएर प्रहरीलाई हैरान बनाएको हुनसक्ने अनुमान पनि प्रहरीले गरेको छ।

घट्नास्थलमा संकेत पनि फपेला नपर्नु र मान्छे हराएको उजुरी पनि नहुनुले उनले प्रहरीलाई दुःख दिने नियत राखेको हुन सक्ने अनुमान छ। उनले विभिन्न माग राखेर पनि प्रहरीलाई हैरान बनाउने गरेका छन्।

गैरीगाउँको हत्या कसरी घटनाका विषयमा कुनै संकोच नमाने लेखेर वयान दिएका उनले भनेका अन्य कुरालाई पनि प्रहरीले नजरअन्दाज गर्न सकेको छैन। उनको स्वभाव सन्काहा खालको र सवैसँग प्रतिसोध लिन खोज्ने खालको देखिएको प्रहरीको भनाई छ।

उनलाई पक्राउ गर्ने प्रहरीसँग पनि सञ्जयले रिसिवी राखेको जनाईएको छ। आफूलाई पक्राउ गरेर ल्याउने व्यक्तिलाई चिनाइदिन भन्दै उनले हरेकलाई सोध्ने गरेको अनुशन्धानमा संलग्न एक प्रहरी अधिकारीले वताए।

मोटरसाइकलले ठक्कर दिएको विषयमा प्रतिशोध साँध्न उनले धनकुटाका विशाल राईसहित ४ जनाको हत्या गरेको अभियोग छ। उनले अदालतमा पनि आफूले हत्या गरेको स्वीकारेका छन्।

गतसाता गैरी गाउँको एक काठमिलमा दोलखाको कालिन्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नवीन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या भएको थियो। सोही घटना गराएको अभियोग सञ्जयमाथि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट