एम्बाप्पे घाईते हुँदा फ्रेन्च लिग १ मा पीएसजीको सहज जीत

काठमाण्डौं– किलियान एमबाप्पे चोटग्रस्त बन्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेलीमाथि सहज जित हात पार्दै लिग वानमा विजयी बाटोमा फर्किएको छ।
पीएसजीका स्टार फरवार्डले लियोनार्डो बालेर्डीको प्रारम्भिक ट्याकलपछि खेल जारी राख्ने प्रयास गरे पनि हाफ टाइम अघि नै मैदानबाट बाहिरिएका थिए ।
आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीमाथि ४–० को फराकिलो जित हात पारेको हो। पीएसजीले सानदार जित निकालेको खेलमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे भने घाइते भएका छन्।
खेलको ३२ औं मिनेटमा चोटग्रस्त भएका एम्बाप्पेले सायद अक्टोबर ४ मा च्याम्पियन्स लिगमा न्यु क्यासलविरुद्ध हुने खेल गुमाउनेछन्।
पीएसजीको जितमा गोन्कालो रामोसले दुई तथा अच्राफ हाकिमी र रान्डल कोलो मुआनीले एक एक गोल आफ्नो नाममा गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा २ गोल थप्यो।
खेलको आठौं मिनेटमा हाकिमीको गोलमा पएिसजीले सुरुवाती अग्रता बनाएको थियो। हाकिमीको फ्रिकीक प्रहार सिधा पोष्टमा लागेपछि पिएसजीले सुरुवाती अग्रता लिएको थियो।
खेलको ३७ औं मिनेटमा मुनानीको गोलमा पीएसजीले अग्रता दोब्बर पा¥यो। ४७ औं मिनेटमा डेम्बेलेको पासमा गोल गर्दै पिएसजीको अग्रता फराकिलो पारे।
खेलको ८९ औं मिनेटमा मुनानीको पासमा रामोसले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि चौथो गोल गरे।
जितसँगै पिएसजीले ६ खेलबाट ११ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको मोनाकोसँग समान ११ अंक भएपनि पिएसजी गोलअन्तरमा अघि छ।