मधेश प्रदेशमा बिहिबार सार्वजनिक विदा
जनकपुर– मुस्लिम समुदायहरुको विशेष पर्वलाई लक्षित गरेर मधेश प्रदेश सरकारले विहिवार सार्वजनिक विदा दिएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधवार एक सूचना जारी गरी सार्वजनिक विदाको जानकारी दिएका हुन।
‘पैगम्बर मोहम्मदको जन्म दिन’ का दिन सार्वजनिक विदा दिने भनि मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७२ चैत ०९ गते निर्णय भएकाले सोही निर्णय अनुसार विदा दिईएको सूचनामा उल्लेख गरिएको छ।
पैगम्बर मोहम्मदको जन्म दिन ०८० साल असोज ११ गते विहिवारका दिन परेकोले उक्त दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिने भनि मन्त्रिस्तरबाट २०६० असोज १० गते पनि निर्णय भएकाले विदा दिने निर्णय भएको सूचनामा जनाईएको छ।
प्रतिक्रिया