अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखको ‘जंगल–लभ’: महिला कर्मचारीसँग भेटिएपछि जागिरबाट बर्खास्त

दमक– अनैतिक कृयाकलापमा संलग्न भएको आरोपमा झापाको अर्जुनधारा नगरपालिकाका दुई जना कर्मचारी बर्खास्त भएका छन्। नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत र एक जना करार महिला कर्मचारीलाई जागिरबाट हटाएको हो ।

जागिरबाट हटाउनुअघि उनीहरुलाई तीन दिने स्पष्टिकरण सोधिएको थियो। चित्तवुझ्दो स्पष्टिकरण नआएपछि जागिरबाट वरखास्त गरिएको मेयर बलदेवसिंह गोम्देन तामाङ्गले बताएका छन्।

स्वास्थ्य शाखा प्रमुख बस्नेत र ती महिला कर्मचारीलाई आपत्तिजनक अवस्थामा जंगलमा फेला परेका थिए। उनीहरुलाई बस्नेतकी श्रीमतीले नै आपत्तिजनक अवस्थामा भेटेकी हुन। उनले वस्नेतलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ।

भिडिओमा महिलाले भने हेल्मेटले आफ्नो अनुहार लुकाउने प्रयास गरेकी छिन्। यो मात्रै होईन, कोशी प्रदेशमा निरन्तर रुपमा यस्ता घट्ना दोहोरिदै आएका छन्। केही दिनअघि मात्रै इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत रेश्मा राईबीच कार्यालयमै अश्लिल हर्कत गरेको भीडीओ सार्वजनिक भएको थियो।

त्यसको केही समय अघि झापाकै दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको भीडीओ सार्वजनिक भएको थियो। नगरपालिकाले उपलब्ध गराएको सरकारी क्वार्टरमा उनले एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट