नर्सिङ पढ्ने दुई किशोरीलाई भोजमा बोलाएर फार्मेसी पढ्ने किशोरले गरे सामुहिक बलात्कार

मलंगवा– सर्लाही सदरमुकाम मलंगवा स्थित एक कलेजमाका २ किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घट्नामा संलग्न अर्का एक जना आरोपित फरार छन् ।

प्रहरीले धनुषाको सहिद नगरपालिका–४ मौरिया टोलका अनिकितकुमार यादव र पर्साको पटेर्वा सुगौलीका सुजित चौधरीलाई नियन्त्रणमा लिइएको हो।

उनीहरुमाथि भदौ ३१ गते राति दुई किशोरीलाई बलात्कार गरेको आरोप छ। मलंगवा नगरपालिका–२ स्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा अध्ययनरत दुई किशोरीले उनीहरु विरुद्ध असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

किशोरीहरु नर्सिङ र किशोरहरु फार्मेसीतर्फ अध्ययनरत छन् । आरोपित र पीडित मलंगवा–२ को एउटै घरमा भाडामा बसेर पढ्दै आएका थिए । फार्मेसी दोस्रो वर्ष पास भएको उपलक्ष्यमा धनुषाको सहिद नगरपालिका–४ मौरिया टोलका अनिकितकुमारले भोज खान बोलाएर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

सर्लाही घर भएका फरार एक जनाको खोजी भइरहेको एसपी नरेशराज सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट