महिला हवल्दारसँग ‘गुड फ्राईडे’ मनाउँन खोज्ने एसएसपीले दिए राजिनामा

काठमाडौं– महिला प्रहरीलाई ‘गुड फ्राईडे’ मनाउन प्रश्ताव गरेका कारण निलम्वनमा परेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन्।

छानबिनपछि थप कारबाही हुने देखिएपछि पालले राजीनामा दिएका हुन्। पालको राजिनामा स्विकृतिका लागि गृहमन्त्रालयमा पठाईएको स्रोतले जनाएको छ।

पालविरुद्ध महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला सहायक हवल्दारलाई दुर्व्यवहार गरेको आरोप छ। गत जेठ १९ गते पालले बिदामा जान लागेकी महिला सहायक हवल्दारलाई आफ्नै क्वाटरमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै प्रश्ताव गरेका थिए।

ती महिलाले पाल विरुद्ध सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएकी थिईन। सोही विषयका कारण बर्खास्तमा पर्ने डरले त्यसअघि नै पालले राजीनामा दिएका हुन्।

प्रहरी प्रधान कार्यालयले घटनाको छानबिनका लागि डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएको थियो। समितिले पाललाई दोषि देखाउँदै प्रतिवेदन बुझाएको थियो। मैनालीनेतृत्वको छानबिन समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालले राजीनामा दिएका हुन्।

प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन। छानबिनका क्रममा उनले अरु महिला अधिकारीलाई समेत दुर्व्यवहार गर्ने गरेको भटिएको अनुसनधान समितिका अधिकृतहरु बताउँछन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट