पाँच पटकको च्याम्पियन अस्ट्रेलिया र कप्तान विनाको श्रीलंकाबीच आज प्रतिस्पर्धा
राजविराज– एकदिवसीय विश्वकप २०२३ अन्तर्गत पाकिस्तानसँगको खेलमा लागेको चोटका कारण कप्तान विहिन भएको श्रीलंकाले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
श्रीलंकाको टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। अक्टोबर १० मा पाकिस्तानविरुद्धको खेलमा शनाका घाइते भएका थिए। उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा समावेश गरिएको छ।
शानाकाको अनुपस्थितिमा कुसल मेन्डिसले टोलीको कप्तानी गर्नेछन्। अर्कोतर्फ पाँच पटकको च्याम्पियन अस्ट्रेलिया श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। दुवै टिमले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेका छन्।
कंगारु टोली पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।
अस्ट्रेलिया र श्रीलंकाबिच हालसम्म कुल १०३ ओडीआई खेलिएको छ। अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ। ४ खेल अनिर्णित भए। एकदिवसीय विश्वकप प्रतियोगितामा दुई टिमबीच १० खेल खेल भएका छन्। जसमा अष्ट्रेलियाले ८ पटक जितेको छ भने श्रीलंकाले मात्र एक पटक जितेको छ । एक खेल भने नतिजा आउन सकेन।
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
