गजेन्द्र अस्पतालमा मुटुसहित विभिन्न रोगको निशुल्क स्वास्थ्य जाँच हुने

राजविराज– सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा विभिन्न रोगको स्क्रिनिङ तथा उपचारका लागि दुई दिने शिविर सञ्चालन हुने भएको छ।
जयन्ती स्मृति प्रतिष्ठत (युनिभर्सिटी अफ वासिङ्टन युएस) को सहयोगमा कात्तिक १२ र १३ गते शिविर सञ्चालन गरिने भएको हो।
शिविरमा उच्च रक्तचाप, मुटुरोग (पुरानो), चिनी रोग, मोटापनका विषयमा जाँच तथा उपचार हुने जनाईएको छ। विगतमा निमोनिया भएका १५ वर्ष मुनिका बालबालिका र १५ वर्ष मुनिका कडा कुपोषित बालवालिकाहरुको पनि स्वास्थ्य जाँच गरिने जनाईएको छ।
शिविरमा स्वास्थ्य जाँचका लागि कात्तिक ३ गतेभित्रमा नाम दर्ता गराई सक्नुुपर्ने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहले जानकारी दिए।
प्रतिक्रिया