एनआरएनको निर्वाचनमा सिस्टम ह्याक गरेको आरोप, अध्यक्षमा हारेकाले भाँडभैलो मच्चाए

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएपछि अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणालीमै प्रश्न उठाएका छन्।

उनीहरुले सिस्टम ह्याक गरेर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन्। काठमाण्डौबाट झरेको मत सून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । आफैले आफैलाई भोट नहाल्ने अबस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश ब्यक्त भएको हो ।

मत परणाम अनुसार बद्रि केसी १३७८ मत ल्याएर बिजयी भएका छन्। अध्यक्षका प्रत्यासी आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताउँदै भाँडभैलो मच्चाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट