कांग्रेस इतर समुहमा पनि देउवाकै रजगज, शेखर गगनको वोलचालै बन्द

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवासँग लड्न कांग्रेसमा बनेको शेखर–गगन समुह अहिले छिन्नभिन्न भएको छ। कोशी प्रदेशमा सरकार गठनका लागि विद्रोह गर्दा नेता शेखर कोईरालाले गगन थापासहित दुवै महामन्त्रीको साथ पाएनन्।

यो प्रकरणले शेखरको नेतृत्वमा बनेको इतर समूह एक ढिक्का छ कि छैन भन्ने प्रश्न उठेको छ। ०७९ को आमनिर्वाचनपछि संसदीय दलको निर्वाचनले इतर टिममा खटपट ल्यायो । अर्थात्, संसदीय दलको निर्वाचनपछि शेखर कोइराला र महामन्त्री गगन थापाबीच खटपट आएको बुझाई टिमभित्र छ ।

दलको नेता कोइराला लड्न चाहन्थे। तर, गगन थापाले शेखरलाई त्यो मौका दिएनन्। दलको नेताका निम्ति चुनावी मैदानमा उत्रिए । गगनले करिव ३४ मत पाउने आशा थियो। तर, शेरबहादुर देउवासँग प्रतिस्पर्धा हुँदा गगन थापाले २५ मत मात्र पाए। यसबाट दुई नेताबीच अविश्वासको विजारोपण भयो।

केन्द्रीय मन्त्री बनाउने समयमा पनि शेखर एकलौटी हिँडेको भन्ने आरोपमा थापा पक्ष छ । शेखरले मन्त्री पठाउँदा सल्लाह नगरी सभापति देउवालाई नाम दिएर विदेश उडेको थापा समूह बताउँछ ।

दुई नेताबीच विश्वासको वातावरण बन्न नसक्दा समूहको बैठक पनि कमै बस्ने गरेको छ । यो अविश्वास वढ्दै जाँदा शेखर–गगनबीच बोलचालै वन्द भएको नेताहरु वताउँछन्। विगत ६ महिनादेखि उनीहरुबीच बोलचालको वातावरण बनेको छैन।

त्यसैले गगन थापाले कोसी प्रदेशमा भएको विद्रोहबारे आफू खास जानकार नभएको बताउँने गरेका छन्। यता, शेखर कोईराला भने आफुलाई वाईपास गर्न खोजेको भन्दै थापासँग चिढिएका छन्। शेरबहादुर देउवासँग हुने ‘वान टु वान र पदाधिकारी वैठक’ को ब्रिफिङ समेत थापाले नगरेको कोईराला निकट नेताहरु बताउँछन्।

थापाले कोईरालालाई टिमको नेता नै मान्न नचाहेको उनीहरुको भनाई छ। इतर समूहमा शेरबहादुर खेल्न सफल भएको वुझाई राख्ने नेताहरु पनि छन्। देउवा अर्को समूहमा खेलेरै शक्तिशाली भइरहेको ती नेताको धारणा छ ।

देउवाले शेखरले उचाई लिँदा गगन बोकेर खेल्ने तथा गगनले उचाई लिँदा शेखर बोकेर खेल्ने गरेको उनीहरु बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट