के सकियो शिल्ला सेट्टी र राज कुन्द्राको सम्वन्ध, सामाजिक सञ्जालमा यस्तो खुलासा

राजविराज– भारतीय ब्यवसायी राज कुन्द्राले लेखेको स्ट्याटसका कारण अहिले बलिउड अभिनेत्री शिल्पा शेट्टीले पतिलाई छोडेको हल्ला ब्यापक भएको छ। शिल्पा र उनका पतिको सम्वन्ध लामो समयदेखि चर्चामा छ ।

एडल्ट फिल्म निर्माणको मामलामा राज कुन्द्रा पक्राउ परेपछि सुरु भएको चर्चाको सिलसिला अहिलेसम्म रोकिएको छैन। फिल्म ‘युटी–६९’ सम्म आई पुग्दा फरक फरक विषयमा उनीहरुको चर्चा थप उत्कर्षमा छ।

‘युटी–६९’ दुवैले निर्माण गरेको फिल्म हो । केही दिन अगाडि फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । जसले राम्रो चर्चा बटुल्यो । अहिले भने राजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी अलग भयौँ । यो कठिन घडीको यात्रामा हामीलाई समय दिनुहोस् ।’ पोस्टमा राज शिल्पाको नाम कहीँ पनि उल्लेख गरेका छैनन् ।

शिल्पाको नाम उल्लेख नगरिएको राजको पोस्टले सबैलाई आश्चर्य चकित तुल्याएको छ । उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल छ ।

राजको यो पोस्टलाई केही मानिसले फिल्म ‘युटी–६९’सँग जोडेर हेरेका छन् । ‘युटी–६९’ राज कुन्द्राको अर्थर रोर्ड जेलमा बिताएको दिनको कथा छ । एडल्ट फिल्म बनाउने आरोपमा राज २०२१ मा गिरफ्तार भएका थिए ।

शिल्पा र राजले २००९ मा विवाह गरेका थिए । उनीहरूको विवाह भएको १४ वर्ष पुरा भयो । उनीहरूको एक छोरा र एक छोरी छन् । राजको पछिल्लो पोस्टले फ्यानलाई अचम्ममा पारेको छ । मानिसहरूले उक्त पोस्टलाई लिएर विभिन्न अनुमान लगाएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट