त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै, हारको वद्ला लिने दाउमा हङकङ

काठमाडौं– असोज १३ गतेदेखि हुन लागेको आईसिसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले आयोजना गरेको त्रिकोणात्मक टि–२० आई सिरिजमा आज (शनिबार) नेपाल र हङकङ भिड्दैछन्। माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे खेल सुरु हुनेछ।

सिरिजमा नेपालको यो तेस्रो र हङकङको दोस्रो खेल हो। बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो। पहिलो खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको थियो। हङकङ निर्धारित १९.३ ओभरमा ९४ रनमा समेटिएको थियो। नेपाल घरेलु मैदानमा हङकङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने योजनामा छ।

उता पहिलो खेलमा पराजित भएको हङकङ भने नेपालविरुद्ध हारको वद्ला लिने दाउमा छ। सिरिजको पहिलो खेलमा युएई र हङकङलाई हराएको नेपाल ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

सिरिजको पहिलो खेलमा पराजित हङकङ र युएई अंक विहिन दोस्रो र तेस्रो स्थानमा छन्। डबल राउण्ड रोविनमा जारी सिरिजको शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट