दसैंको कार्यक्रममा झडप हुँदा ६ जना घाईते, ४ जना गम्भिर

काठमाडौं– दसैंको अवसरमा बाग्लुङको जैमिनीमा आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रममा कुटाकुट हुँदा ६ जना घाईते भएका छन्।

जैमिनी नगरपालिका–२ पौखराचौरमा वडा नम्बर २ र ९ का युवाबीच सोमबार बेलुका झडप भएको हो। झडपमा डबल राना, महेन्द्र थापा, दीपु राना, दीपु थापा, विष्णु थापा र सुनिल परियार घाइते भएका छन्।

विष्णु र सुनिल उपचारपछि डिस्चार्ज भएका छन् भने अरु ४ जना घाइतेलाई थप उपचारका लागी पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ ।

प्रहरी मंगलबार बिहान घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । वडा नम्बर २ का सुनिल परियार, कुलबहादुर थापा र अनिल परियारलाई पक्राउ गरिएको बागलुङ प्रहरीका डीएसपी मदन केसीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट