श्रीमान पैसा कमाउन कतारमा, दसैंको बेला श्रीमती र तीन छोराछोरीको हत्या भयो आफ्नै कोठामा

काठमाडौं– मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा आमा र छोराछोरीसहित एकैपरिवारका ४ जनाको हत्या भएको छ।

प्रहरीका अनुसार २६ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरु ११ वर्षीय मनोज र १ वर्षीय रहर तथा छोरी ७ वर्षीया अप्सराको हत्या भएको हो।

स्थानीयले उनीहरुलाई घर भित्रै मृत अवस्थामा फेला पारेका थिए। प्रहरीका अनुसार श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिईन।

८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको छ । ८ गतेदेखि १० गते विहानसम्म घरको ताला वन्द देखेपछि छिमेकीले उनको माईतीमा फोन गरेर हालखवर सोधेका थिए। माइतीबाट ८ गते नै फर्किएको बताएपछि शुक्रवार बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला फोरेर हेर्दा चारै जना मृत अवस्थामा फेला परेका थिए।

उनीहरुको माईती/मामाघरबाट फर्किएकै दिन ८ गते राती हत्या भएको अनुमान गरिएको छ। घट्नास्थलमा धेरै नै रगत वगेको भेटिएको छ। प्रहरीका अनुसार मृतकमा पति वैदेशिक रोजगारीका लागि कतार गएका छन्।

उनीहरुको हत्या कस्ले र किन गर्यो भन्ने खुलिनसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । अनुसन्धानका लागि डीएसपी विरेन्द्र थापा नेतृत्वको टोली घटनास्थल पुगेको र प्रदेशको टोली पनि पठाईएको उनले जानकारी दिए।

अनुसन्धानका लागि कुकुर पनि पठाउन लागिएको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट