भारतमा दुईटा रेल ठोक्किँदा ६ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं– भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य २५ जना भन्दा धेरै घाइते भएका छन्।

विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगडा चल्ने दुई रेल आपसमा ठक्कर खाँदा दुर्घटना भएको जनाईएको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक र घाइतेको तत्काल उद्धार तथा राहतका लागि विभिन्न विभाग, स्वास्थ्य, प्रहरी, राजस्व लगायतका निकायलाई निर्देशन दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट