सिन्धुली कारगारमा देउसी खेलेर सुतेका वन्दी युवकको मृत्यु
सिन्धुली– सिन्धुली कारागार कार्यालयमा रहेका दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको छन्।
विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि १७ असोजदेखि थुनामा थिए। उनको मृत्युको कारण खुलेको छैन। बुधबारसकुशल सुतेका थापा विहान मृत फेला परेको सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।
दाहालका अनुसार हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर उनी सुतेका थिए। आज बिहान ३ बजे बेहोस अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएको थियो।
अस्पताल पुर्याएपछि थापालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको दाहालले बताए।
प्रतिक्रिया