रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते, ७ जना गम्भिर

काठमाडौं– रुपन्देहीको देवदह नगरपालिका–८, भलुहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये ७ जनाको अवस्था गम्भीर छ।

दाङको शान्तिनगर– ५ का २९ वर्षीय विरेन्द्र चौधरी, तुलसीपुर उपमहानगरपालिका १४ का २५ वर्षीया पूर्णिमा डाँगी, नुवाकोटको बिदुर नगरपालिका–१० का २१ वर्षीया संगिता मोक्तान, सल्यानको कपुरकोट–५ का ४० वर्षीया रिखि साहु, कपुरकोट–१ का ११ वर्षीय प्रेम रावत, रोल्पाको होलेरीका ५६ वर्षीय प्रेम चलाउने र गंगादेव–२ का २४ वर्षीय भिम ओलीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी मनोहर प्रसाद भट्टले वताए।

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ। बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट दाङ जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस गएराति १२ बजे पल्टिएको थियो। सडकबाट करिब ३/४ मिटर तल पल्टिएको बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट