डा. केसीको चेतावनीः विगतका सहमति कार्यान्वयन नभए २९ मंसिरबाट सत्याग्रह

काठमाडौं– चिकित्सा शिक्षा सुधारका लागि पटक पटक आमरण अनशन वसेका डा. गोविन्द केसीले मंसिर २९ गतेदेखि सत्याग्रह लगायतका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।

यसअघि सरकारले आफुसँग गरेका सहमति पुरा नगरेको बताउँदा मंसिर २८ गतेसम्म पनि माग पूरा नभए २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन।

आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीले विगतमा भएका सम्झौता, सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधी तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सन्चालनमा ल्याउने, डडेलधुरा, उदयपुर, ईलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न उनले माग राखेका छन् ।

यस्तै, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी मापदण्ड सम्वन्धी उच्च शिक्षा ऐन पारित गर्न, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन पारित गर्न, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने प्रकृया अगाडि बढाउनसमेत केसीले माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट