बाराको पचरौतामा मध्येराती गोली चल्यो, दुई जना घाईते

जनकपुर– बाराको पचरौतामा झण्डा मेला लगाउने विषयमा विवाद हुँदा सोमवार राती दुई पक्षबीच झडप भएको छ। झडप नियन्त्रण गर्न प्रहरीले ८ राउण्ड गोली चलाएको छ। त्यस क्रममा दुई जना घाईते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमवार राती पचरौता नगरपालिका–०७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा विवाद भएको थियो। सयौं मानिस भेला भएको ठाउँमा सुरु भएको विवाद दुई पक्ष झडपमा वदलियो।

झडप सुरु भएपछि दुवै पक्षले ढुङ्गा मुढा प्रहार गरे। अवस्था तनावग्रस्त भएपछि प्रहरीले राती ११ गते दुई राउण्ड गोलि हवाईफायर गरी भीडलाई तितर बितर पारेको थियो। तर, करिव पौने १२ वजे राती फेरी झडप सुरु भएको थियो।

त्यस क्रममा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि भिड तितर बितर भएको डिएसपी दधिराम न्यौपानेले बताए। झडपका क्रममा स्थानीय ४० वर्षिय लक्ष्मी पटेल र ४२ वर्षिय चण्डीका पटेल घाईते भएको उनले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट