प्रेमिकालाई ५७ पटक छुरा हानी हत्या गरेको अपराधमा सजाय भोगिरहेका कैदी मोटाएपछि रिहा !

रोम– इटलीमा प्रेमिकाको हत्याको आरोपमा ३० वर्षको जेल सजाय पाएका एक पुरुषलाई रिहा गरिएको छ। जेलमा कैदीहरुलाई दिइने खानेकुराले तौल घटाउने अवस्था नभएपछि डिमिट्री फ्रिकानो नामक गरेका ती पुरुषलाई रिहा गरिएको समाचारमा उल्लेख छ।
सन् २०१७ मा डिमिट्री फ्रिकानो र उनकी प्रेमिका एरिका सार्दिनिया घुम्न गएको बेलामा दुई जनाबीच झगडा भयो। झगडाले ठूलै रुप लिएपछि उनले एरिकाको हत्या गरे। शुरुमा भने डिमिट्रीले लुटेराहरुले लुटपाटका क्रममा प्रेमिकालाई मारेको प्रहरीलाई बताएका थिए ।
अनुसन्धानका क्रममा उनले नै ५७ पटक चक्कु घोपेर प्रेमिकालाई मारेको थाहा भयो । झगडाको बिउ भने खाने बेलामा पाउरोटीको टुक्रा ओछ्यानभरि छरिनु थियो । २ वर्षपछि मुद्दाको पेशी शुरु भयो।
तर कोरोना भाइरसको महामारीका कारण पेशीमा ढिलाई हुँदा सन् २०२२ मा मात्रै डिमिट्रीलाई ३० वर्षको जेल सजाय सुनाइयो । जेलमा उनी डरै लाग्ने गरी मोटाउँदै गए । जेलको खानाले उनको तौल घटाउनै नसकेपछि उनलाई यही जेलबाट रिहा गरियो ।
काराबासको सजाय पाएको बेलामा डिभिट्रीको तौल १२० केजी थियो । अर्को १२ महीनामा उनी मोटाएर २०० केजी पुगे। तौल यो स्तरमा पुग्नु भनेको मुटुको रोगको जोखिम उच्च हुनु हो । डिमिट्री मोटाएर यति भिमकाय भएका थिए कि वैशाखी वा ह्विलचेयरको साहायता बिना उनी जेलमा यताउति गर्न पनि सक्दैनथे।
जेलमा लो क्यालोरी भएको भोजन असम्भव भएको अनि मोटोपना र जति बेला पनि चुरोट खाइरहने बानीका कारण मृत्युको जोखिम उच्च भएको भन्दै उनलाई जेलमुक्त गरिएको जनाइएको छ।
डिमिट्रीको बाँकी कारावासको सजाय घरमै नजरबन्द रहेर पूरा गर्नेछन्। स्थितिमा सुधार आयो भने उनी जेलमा फर्किन पनि सक्छन्।
– एजेन्सी