दुर्गा प्रसाईँलाई कालोमोसो दल्ने र महिलाहरुलाई लखेट्ने एउटै ब्यक्ति भएको पुष्टि

काठमाडौं– राजतन्त्र पुनर्स्थापना र हिन्दु राज्यको घोषणा माग गर्दै दुर्गा प्रसाईँले सुरु गरेको अभियानमा साथ दिन उपत्यका पुगेका महिलालाई मध्यराती होटलबाट लखेट्ने र प्रसाईलाई कालोमोसो दल्ने ब्यक्ति एकै भएको पुष्टि भएको छ।

उपत्याका वाहिरबाट काठमाण्डामौ जम्मा भएका महिलालाई मंगलबार मध्यराती बास वसेको ठाउँबाट खेदिएको हो।

ति व्यक्ति युवा संघका सचिवालय सदस्य खोेटाङका विनोद राई भएको पुष्टि भएको हो। उनको नेतृत्वमा बास बसेका महिलालाई कपडा लगाउन समेत समय नदिई लखेटिएको थियो।

२२ असोजमा राईकै नेतृत्वमा काठमाडौंको एक होटलमा दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको थियो। विनोद राईको समूह राति मदिराले मातेर लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा गएको थियो। सुतिरहेका महिलालाई कपडा समेत लगाउने समय नदिएर लखेटेका थिए ।

प्रहरी टोली घटनास्थलमा आएको थियो । प्रहरी आउँदा उनीहरु भागिसकेका थिए । उक्त घट्नाको भिडिओ सार्वजनिक भएसँगै युवा संघ आलोचित बनिरहेको छ। संघका अध्यक्ष क्षितिज थेबेले बुधवार विज्ञप्ति जारी गर्दै सङ्गठनलाई बदनाम गर्न सङ्गठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको जनाएका छन्।

युवा– विद्यार्थीको कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुस पैठी समूहले सङ्गठनको नाम बदनाम गराइरहेको आशङ्का भएकाले आन्तरिक रुपमा छानबिन गरिरहेको पनि उनले जनाएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टी प्यालेसबाट महिलाहरूलाई निकाल्ने काममा युवा संघको संलग्नता नभएको दाबी गरेका छन्।

सम्बन्धित खबर

दुर्गा प्रसाईँलाई कालोमोसो दल्ने र महिलाहरुलाई लखेट्ने एउटै ब्यक्ति भएको पुष्टि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट