दुर्गा मूर्ति विसर्जनका दिन सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा युवक पक्राउ

महोत्तरी— सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति सम्प्रेषण गरेको आरोपमा महोत्तरी प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका निवासी अमिर राजा छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई गत असोज ३० गते गौशाला बजारबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गौशाला बजारमा दुर्गाको मूर्ति विसर्जन भइरहेका दिन उनले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने अभिव्यक्ति सम्प्रेषण गरेका थिए। सोही विषयमा प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

डीएसपी भोला भट्टका अनुसार पक्राउ परेका राजालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यद्यपि, उनले सामाजिक सञ्जालमा के अभिव्यक्ति दिएका थिए, त्यसको पूर्ण विवरण प्रहरीले सार्वजनिक गरेको छैन। अभिव्यक्तिको वास्तविक प्रकृति र त्यसले कानुन उल्लङ्घन गरेको हो वा होइन भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट