पूर्वअध्यक्षले पेस्तोल पड्काउँदा असईको जागिर धरापमा

काठमाडौं– बझाङमा पूर्वगाउँपालिका अध्यक्षले प्रहरीको पेस्तोल पड्काउँदा असई निलम्बनमा परेका छन्।
असई पुष्कल चन्दले ६ कात्तिकमा छविसपाथिभेरा गाउँपालिकाका पूर्वअध्यक्ष अक्कल धामीलाई आफनो पेस्तोल पड्काउन दिएका थिए।
पेस्तोल पड्काउन दिने असई चन्दलाई शुक्रबार निलम्बन गरिएको छ। पूर्वअध्यक्ष धामीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको प्रहरीले जनाएको छ।
करिब १ महिनासम्म घटनाबारे प्रहरी नेतृत्व नै अनविज्ञ थियो। प्रहरीले यस विषयमा जानकारी पाउनासाथ चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
असई चन्द कहाँ कार्यरत छन् र उनले कुन प्रसंगमा पूर्वअध्यक्ष धामीलाई पेस्तोल दिए भन्ने प्रहरीले खुलाएको छैन।
प्रतिक्रिया