सिरहामा श्रीमतीको हत्या गरी प्रहरीलाई चक्मा दिएर भारतमा शव फालेर आएका ब्यक्ति पक्राउ

राजविराज– सिरहाको सिरहा नगरपालिकामा श्रीमतीको हत्या गरी नेपाल–भारत दुवै देशका प्रहरीलाई चक्मा दिएर भारतीय सीमाबाट झण्डै ३७ किलोमिटर भित्र शव फालेर आएका एक ब्यक्ति पक्राउ परेका छन्।

सिरहा नगरपालिका १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई श्रीमती ३० वर्षिया संजिता कुमारी यादवको हत्या गरेको आरोपमा ९ मंसिरमा पक्राउ गरिएको हो। उनले ७ मंसिरको राती करिव १० बजे सञ्जितालाई इट्टा र बाँसले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार श्रीमतीको हत्या गरी उपचारका लागि भन्दै उनले शव भारतको मधुवनी जिल्लामा पर्ने सलरास्थित झाडीमा फालेर आएका थिए। घट्नाको जानकारी प्रहरीले ८ मंसिरमै पाएको थियो।

खोजतलास र अनुशन्धानका क्रममा मंसिर ९ गते दिउँसो सिरहा नगरपालिका १७ स्थित माडर–खिरौना बोर्डर आसपासबाट देवेन्द्र पक्राउ परे। तर, श्रीमती संजिता साथमा थिइनन्। उनको बयानकै आधारमा भारतीय प्रहरीसँगको समन्वयमा खजोलीथाना अन्तर्गतको क्षेत्र सलरास्थित झाडीमा शव फेला परेको डिएसपी पाण्डेले बताए।

नका अनुसार भारतीय प्रहरीसँग समन्वय गरी संजिताको शव कानुनी प्रक्रिया पुरा गरी झिकाइएको छ। संजिताको शव उनका आफन्तले बुझिसकेका छन्। प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादको क्रममा देवेन्द्रले संजितालाई कुटपिट गरेको खुल्न आएको डिएसपी पाण्डेले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट