बमले उडाउने धम्कीपछि बैंगलुरुका २८ विद्यालय खाली गराइयो

काठमाडौं– बम आक्रमणको धम्कीपछि भारतको बैंगलुरुका कम्तीमा २८ विद्यालयमा खाली गराईएको छ। बीबीसी हिन्दीका अनुसार शुक्रबार बिहान इमेलमार्फत धम्की आएपछि विद्यालय बन्द गरिएको हो।

प्रारम्भिक प्रतिवेदनमा १५ विद्यालयलाई मात्र इमेलबाट धम्की आएको जानकारी गराइए पनि अहिले यो संख्या बढेर २८ पुगेको छ। बिहान लगभग सात बजे प्राप्त भएको इमेलमा यी विद्यालयहरूमा बम विस्फोट गराउने धम्की दिइएको थियो।

त्यसपछि जुन अभिभावकले आफ्ना सन्तानलाई विद्यालयमा छाडेर गएका थिए, उनीहरूलाई विद्यालय व्यवस्थापनले फोन गरेर विद्यालय बोलाएको थियो। बेंगलुरु प्रहरी आयुक्त बी दयानन्दले यो बम विस्फोटको धम्कीलाई फेक भएको बताए। यद्यपि सतर्कताका लागि धम्की आएका सबै विद्यालयमा प्रहरी टोली भने तैनाथ गरिएको छ।

कमिश्नर दयानन्दले सन् २०२२ मा पनि दक्षिण बैंगलुरुका १५ विद्यालयहरूलाई मेल पठाएर बम विस्फोट गराउने धम्की आएको बताए। पछि ती अभियुक्त प्रक्राउ परेको उनको भनाइ छ। तर, यसपटक धम्कीको इमेल पठाइएका विद्यालयहरू उत्तर बैंगलुरूका हुन्।

यसैबीच राज्यका उपमुख्यमन्त्री डीके शिवकुमारले जनतालाई नआत्तिन अपील गरेका छन्। उनले भनेका छन्, ‘म नागरिकहरूलाई नआत्तिन आग्रह गर्दछु। हाम्रो प्रहरीले काम गरिरहेको छ, हामी सतर्क रहन आवश्यक छ।’
– एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट