१२ वर्षसम्म पनि बनेन कमला नदीमा पुल, ३२ किमी दूरी पार गर्न ९० किमी यात्रा

राजविराज– सिराहा–धनुषा जोड्ने कमला नदीमा पक्की पुल बन्न लागेको १२ वर्ष पुगेको छ । तर, अहिलेसम्म पनि पुल अलपत्र छ।

सप्तरीको सदरमुकाम राजविराजदेखि प्रदेशको राजधानी जनकपुरधाम पुग्न हुलाकी राजमार्ग भएर निकै सजिलो भए पनि कमला नदीको यो पुल नवन्दा लामो यात्रा गर्नुपर्ने बाध्यता छ।

पुल नवन्दा सिराहा सदरमुकामदेखि ३२ किलोमिटरको दूरीमा रहेको प्रदेशको राजधानी जनकपुरधाम पुग्न बर्खाको समयमा लामो यात्रा (९० किलोमिटरको दूरी) तय गर्नुपर्ने बाध्यता छ।

सिराहा–धनुषाको सीमा जोड्ने कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउने ठेक्का पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनलाई ०६८ जेठ ३१ दिएको थियो । भौतिक पूर्वाधार मन्त्रालयसँग करिब २५ करोड लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो।

०६८ मंसिरमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदयेश त्रिपाठीले पुलको शिलान्यास गरेका थिए। पप्पुले केही समय काम गरेर बीचमै छाडिदियो । तीन–चार वर्ष अलपत्र रहेको पुल जनदबाबपछि ०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनले काम सुरु गरेको थियो।

३२ मिटर लम्बाइको पुल बनाउनुपर्नेमा उसले १८ मिटर छोट्याएर १४ मिटर कायम गरेको थियो। लुम्बिनी बिल्डर्सले काम गर्दैगर्दा १७ असार ०७८ मा सिराहा नगरपालिका– ६ बसपिट्टाघाटनजिकै निर्माणाधीन पुलको एउटा पायर भासियो । त्यसको तीन महिनापछि ३ कात्तिकमा अर्को पनि पायर भासियो। त्यसयता पुल निर्माणमा सरोकारवाला निकायले चासो देखाएका छैनन।

पायर भासिएसँगै दुईवटा स्ल्याब ७८.२० (एउटा स्ल्याब ३९.१०) मिटर तल झ¥यो। पायर भासिएर स्ल्याब नै भुइँमा खसेपछि दुई जिल्लाको सहज यातायातको सम्भावनालाई तुहिएको छ। यतिमात्रै होईन, कमला पुलसँगै निर्माण गरिएको पाँच सय ४० मिटरको रिभर टेड्रिङ (बाँध) कमसल हुँदा कमलाको बाढीले बगायो। त्यस यता पुल निर्माणको विषय चर्चामै आउन छोडेको स्थानीयहरु वताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट