गर्लफ्रेण्डलाई मर्न बाध्य पारेको आरोपमा पुष्पा फिल्मका अभिनेता जगदीश भंडारी पक्राउ

काठमाडौं– चर्चित हिन्दी फिल्म ‘पुष्पा’ का नायक अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता जगदीश प्रताप भंडारी पक्राउ परेका छन्।
आफ्नै गर्र्ल फ्रेण्डलाई उनको निजी फोटो खिचेर मर्न वाध्य पारेको आरोपमा अनुशन्धानका लागि उनलाई हैदराबादको पंजागुट्टा प्रहरी थानाले पक्राउ गरेको हो। प्रहरीले १४ दिनका लागि उनलाई रिमान्डमा लिएका छ।
जगदीशमाथि गर्लफ्रेण्ड तथा जुनियर आर्टिष्टको निजी फोटो खिचेर राखेको अनि फोटो देखाएर धम्क्याएको आरोप छ। उत्पीडन सहन नसकेर ती जुनिएर आर्टिष्टले २९ नोभेम्बरमा आत्महत्या गरेकी थिइन्।
जगदीश हालैका दिनमा पुष्पा–२ को शूटिङमा व्यस्त थिए। फिल्मको दोस्रो पार्टमा पनि उनको ठूलै रोल छ। फिल्ममा उनी देखिन्छन् कि उनको रोल अरु कुनै अभिनेताले गर्छन् भन्ने प्रश्न यतिबेला उठेको छ।
यस मामिलामा जगदीशको टोलीले कुनै प्रतिक्रिया दिएको छैन। प्रहरीले छानबिन गरिरहेको छ।