बाँकेमा बोलेरोले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु, सहायक हबल्दार घाइते

कोहलपुर– बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोकमा बोलेरोको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना सहायक हबल्दार गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको मदन चौक नजिकै भे १ च ३४०७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा रुकुम पश्चिमको मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको हो।

बर्दियाको बाँसगढी नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक हबल्दार लालबहादुर बुढा क्षेत्री गम्भीर घाइते भएका छन्। कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँके प्रहरीका सूचना अधिकारी नारायण डाँगीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट