भारतीय राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जर्सी नम्बर ७ र १० प्रतिवन्ध

काठमाडौँ– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ७ नम्वरको जर्सी लगाउँन खेलाडीहरुलाई प्रतिवन्ध लगाएको छ। यो सँगै भारतीय क्रिकेट खेलाडीका लागि दुई वटा नम्बरका जर्सी लगाउन प्रतिवन्ध लागेको छ।
बीसीसीआईले यस अघि नै जर्सी नम्बर १० कसैले पनि प्रयोग गर्न नपाउने गरी ‘रिटायर’ घोषित गरिसकेको थियो । हालै यो सूचीमा जर्सी नम्बर ७ पनि थपिएको हो। दुवै नम्वरका जर्सीलाई ‘रिटायर’ घोषणा गरेको हो।
जर्सी नम्बर १० सचिन तेन्दुलकरले प्रयोग गर्दथे। अन्तर्राष्ट्रिय क्रिकेटबाट उनले सन्न्यास लिएसँगै उनले प्रयोग गर्दै आएको जर्सी नम्बर १० प्रयोग गर्न बीसीसीआईले अन्य खेलाडीका लागि बन्देज लगाएको थियो।
जर्सी नम्बर ७ भने भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले लगाउँथे। उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन । धोनीको योगदानलाई कदर गर्दै बीसीसीआईले उनको जर्सी नम्बर अब अन्य खेलाडीलाई नदिने घोषणा गरेको हो।
भारतीय क्रिकेट टिममा डेब्यु गर्ने खेलाडीलाई उनीहरुको रोजाइका आधारमा जर्सी नम्बर उपलब्ध गराउने परम्परा छ। तर अब त्यस्ता खेलाडीलाई जर्सी नम्बर १० र जर्सी नम्बर ७ बाहेक उपलब्ध अन्य नम्बरमध्येबाट रोज्न लगाइने बीसीसीआईले जनाएको छ।