दलित महिला कर्मचारीलाई मध्येराती नगरपालिका कार्यालय बोलाएर बलात्कारको प्रयास

विरगञ्ज– पर्साको पोखरिया नगरपालिकाको सरसफाई शाखाका नाईकेले आफनै सरसफाई कर्मचारी महिलामाथि बलात्कारको प्रयास गरेका छन्।

नाइके रामबली हजराले ती महिला कर्मचारीमाथि गएराती बलात्कारको प्रयास गरेको पोखरिया प्रहरीले जनाएको छ। ती महिला दलित समुदायकी रहेको पनि प्रहरीले जनकारी दिएका छ।

हजराले राती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाका आफन्तले प्रहरीलाई बताएका छन्।

पीडित महिला र उनका श्रीमान् जाहेरी दिन इलाका प्रहरी कार्यालय पोखरियामा गएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट