भारतमा फैलिया कोरोनाको नयाँ भेरिएन्ट, एकै दिन ५ जनाको मृत्यु

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिएर शनिबार एकै दिन ५ जनाको मृत्यु भएको छ। दक्षिणी राज्य केरलमा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान भेटिएको छ। भारतमा आइतबार मात्रै ३३५ जना नयाँ कोभिड संक्रमित भेटिएका छन्। अहिले पनि त्यहाँ सक्रिय संक्रमितको संख्या १७ सय एक रहेको छ।

कोभिड १९ विस्तारै उकालो लाग्न थालेपछि भारत सरकारले नागरिकलाई सचेत गराएको छ। केरलमा ‘जेएन डट वान’ बाट गत १७ डिसेम्बरमा चारजनाको ज्यान गएको छ। अर्कातिर नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पनि कोभिडबाट शनिबार एकजना संक्रमितको ज्यान गएको छ। तर उनी कोरोनाको नयाँ भेरिएन्टबाट संक्रमित भए–नभएको खुलेको छैन।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा आइतबार ३३५ नयाँ संक्रमित थपिएका छन्। जसबाट त्यहाँ सक्रिय संक्रमित विस्तारै बढेर १७०१ भएको छ। नयाँ सब–भेरिएन्ट जेएन डट वानलाई लिएर कर्नाटक सरकारले चेतावनी जारी गरेको छ। अर्कातिर केरलमा स्वास्थ्य मन्त्री विना जार्जले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउँदै निरन्तर अनुगमन भइरहेको उल्लेख गरेका छन्।

केरलमा अहिले पनि १ हजार ३२४ संक्रमितको उपचार भइरहेको छ। शनिबार मात्रै त्यहाँ चारजनाको ज्यान गइसकेको छ। भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदका महानिर्देशक डा. राजीव बहलका अनुसार यो मामिला ८ डिसेम्बरका दिन केरलको तिरुवनन्तपुरमबाट आएको हो।

त्यसबेला एकजना ७९ वर्षीय महिलालाई कोभिड पुष्टि भएको थियो। ती महिलाले इन्फ्लुएन्जा जस्तो बिरामीको हल्का लक्षण रहेको बताएकी थिइन्। तर उनी उपचारपछि निको भइसकेकी छन्।

भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख मानिसको मृत्यु भइसकेको छ। अहिलेसम्म भारतमा कोरोना संक्रिमतको संख्या ४० करोड ५० लाख नाघेको छ। यसबाट निको हुनेको संख्या ४० करोड ४४ लाख ६९ हजार ७९९ छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुनेको दर ९८.८१ प्रतिशत छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट