विवाह गर्न गहनासहित बोलाएर लुटपाट गरी महिलाको हत्या गर्ने विक ६ वर्षपछि पक्राउ

काठमाडौं– ६ वर्षअघि एक महिलाको हत्या गरी फरार भएका अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

भारतबाट नेपाल आउँदैछन् भन्ने सूचनाका आधारमा खोजतलासमा जुटेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी नेतृत्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वकर्मालाई पक्राउ गरेको हो।

३० पुस ०७४ मा काठमाडौं महानगरपालिका– १४, बल्खु भुवनेश्वर मन्दिर नजिकै महिलाको शव फेला परेको थियो। अनुशन्धानका क्रममा शव मकवानपुर हाँडीखोलाकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको भएको खुलेको थियो। उनी काठमाडौंमा मजदुरी गर्थिन्। टाउको र मुखमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो।

उनको हत्या भएको ६ वर्षपछि आरोपी जगत पक्राउ परेका हुन। घटनामा संलग्न रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारी भने केन्द्रीय कारागारमै छन्। उनलाई २९ कात्तिक ०७९ मा चोरी मुद्दामा पक्राउ परी ३ वर्ष कैद सजाय भएको छ।

उनी जेलमा आफ्नो नाम परिवर्तन गरी बसेका थिए। चोरी मुद्दामा पक्राउ परेपछि आफ्नो नाम अर्जुन अधिकारी भनेर उनले भनेका थिए। यो घटनामा पनि आफ्नो संलग्नता नभएको भन्दै अस्वीकार गर्दै आएका उनले विश्वकर्मा पक्राउ परेपछि भने स्वीकार गरेका थिए।

हत्या भएकी नारायणी र जगतको चिनजान नभएपनि अधिकारीसँग भने राम्रै चिनजान थियो। शिवरामले नारायणीलाई भूपू सेनासँग विवाह गराइदिने भन्दै भएका गहना लगाएर र २०/४० हजार रकम साथमा लिएर आउन भनेका थिए।

योजना अनुसार २९ पुस ०७४ मा माछापोखरी क्षेत्रमा उनीहरुको भेट भयो। करिब ३ घण्टा त्यहाँ बसेर खानपिन गरी उनीहरू बल्खु पुगेका थिए। साँझ उनीहरू बल्खुको खोला किनारमा रहेको मन्दिर पछाडि बसेका थिए। त्यही मन्दिर पछाडि शिवराम र नारायणी करिब दुई घण्टा सुतेका थिए।

त्यसपछि भने शिवराम र जगतले ढुंगाले उनको टाउकोमा हिर्काएर सुनको मुन्द्री र खल्तीमा भएको ६÷७ सय लिएर भागेका थिए। उनीहरू त्यसदिन गोंगबुको कोपिला गेष्ट हाउसमा बसेर अर्को दिन उदयपुरको कटारी पुगेको अनुशन्धानमा खुलेको थियो।

त्यसयता उनीहरू फरार रहेका थिए। पीडित परिवारले कानुनी कारबाहीका लागि गत साउनमै प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट