यस्तो छ भारतीय नागरिकले वर्दीमै रहेका नेपाल प्रहरी कुटेको घट्ना

धनगढी– सामाजिक सञ्जालमा अहिले भारतीय नागरिकले नेपाल प्रहरीको कल्लर समातेर कुटपिट गरिरहेको भीडीओ चर्चामा छ। प्रहरीको वर्दीमै रहेका वेला कुटिएका ब्यक्ति अछाम घर भएका प्रहरी हवल्दार विष्णु भुल रहेको खुलेको छ।

घट्ना कैलालीको गौरीफन्टा नाकामा भएको हो। डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु ३ पुसमा उपचारका लागि भारत जान लागेका भाइलाई गाडी चढाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमिमा गएका थिए।

सोही क्रममा उनीमाथि भारतीय नागरिकले हातपात गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए । हातपात गर्ने व्यक्ति पनि चिनेजानेकै भएको उनले वताएका छन्।

सुरुमा गलामा हात राखेर कुराकानी गरेको र पछि हातपात गरेको भन्ने कुरा आएको डाँगीले बताए। उक्त घटना ३ पुसको दिउँसो करीब २ बजेतिर भएको प्रहरीले जनाएको छ। तर भीडीओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दारमाथि हातपात भएको कुरा खुलेको हो।

भुलमाथि हातपात गर्ने व्यक्ति भारतको पलियाका पियुस गुप्ता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ। उनी भुलका चिनजानकै व्यक्ति र युट्युवर हुन्। प्रहरीका अनुसार गुप्ता सीमा क्षेत्रमा आउजाउ गरिराख्थे । स्रोतका अनुसार गुप्ताको परिवारको कोही सदस्य नेपाल भारत सामान तस्करी गर्ने काममा संलग्न भएको र सामान पक्राउ गरेको विषयमा हातपात गरेको स्रोतको दावी छ।

भुललाई अहिले डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती तानिएको छ। भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दैै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट