बालकुमारीमा खटिएका डिएसपी जोशी र मन्त्रीका पिएसओ दनुवार निलम्बित

काठमाडौं– बालकुमारी घट्नाको विषयमा सरकार एक्सनमा आएको छ। घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख डिएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ (सई) बोधराज दनुवार निलम्बनमा परेका छन्।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सुरक्षा अधिकारीको वैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित थिए।
यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ। इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि सरकारले गरेको छ।
यता, घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०÷१० लाख रूपैयाँ दिने निर्णय भएको छ। शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो। मृतकको शव सरकारले नै उनीहरुको घरसम्म पु¥याइदिने निर्णय गरेको छ।