धोती दिवस मनाउँदा सप्तरीका सांसद सिके राउतसहित पक्राउ

राजविराज– सप्तरी २ बाट निर्वाचित सांसद सीके राउत पक्राउ परेका छन्। जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतलाई धोती दिवस मनाउने क्रममा प्रहरीले पक्राउ गरेको हो।
ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका राउतसहित जनमतका सचिव बिपी साह लगायतलाई पनि प्रहरीले पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ।
माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको छ ।
प्रतिक्रिया