मोटरसाईकलले ठक्कर दिँदा तालिम गरिरहेका प्रहरी जवानको मृत्यु, दुई प्रहरीसहित ३ जना घाइते

हेटौडा– मकवानपुरको हेटौंडा–११ थानाभर्‍याङमा बुधबार बिहान मोटरसाईकलले ठक्कर दिँदा तालिम गरिरहेका एक प्रहरी जवानको मृत्यु भएको छ भने दुई प्रहरीसहित तीन जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा दौडदै गरेका वेला हेटौडाबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डडेलधुराको आलिताल–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय विनोद एडीको मृत्यु भएको हो।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका एडीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। सो घटनामा प्रहरी जवानहरु नवराज सार्की र विजय खत्री तथा मोटरसाइकल चालक हेटौंडा–४ का ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन्।

प्रहरी जवानद्वय सार्की र खत्री हेटौँडा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट