गर्भवती महिलामाथि बलात्कार, आरोपितले उल्टै महिलाका पति र देवरलाई थुनाए

बाजुरा– बाजुरामा एक गर्भवती महिला बलात्कृत भएकी छिन्। हिमाली गाउँपालिकाकी ३५ वर्षीया गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका एक जनालाई पक्राउ गरेको छ।

पुस १० गते महिलामाथि बलात्कार गरेको भन्दै तीन दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको थियो।

उनीविरुद्ध अदालतबाट म्याद समेत थप भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरीले जानकारी दिए।

सोही घट्नामा प्रहरीले महिलाका पति र देवरलाई पनि पक्राउ गरेको छ। एक पक्षले बलात्कारको र अर्को पक्षले कुटपिटको मुद्दा दर्ता गराएकाले दुई पक्षलाई थुनामा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट