अर्थमन्त्री महतले उपसचिवको टेवल ठोकेको विषयले किन पायो चर्चा ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठन गर्ने हल्ला गर्न थालेपछि अर्थमन्त्री प्रकाश शरण महतले उपसचिवको टेवल ठोकेको विषय चर्चामा छ।

अर्थमन्त्री डा. महतले बुधवार उपसचिव टिका भुसालको टेबुल ठोकेका हुन्। स्वास्थ्य मन्त्रालयको बजेट निकासा ढिलो भएको मन्त्री मोहन बस्नेतको गुनासोपछि उपसचिव भुसालको कार्यकक्षमा गएर उनले टेवल ठोकेको हुन।

सामान्यतयाः सचिव, सहसचिवहरू मन्त्रीको मातहतमा हुन्छन्। सचिवलाई केही भन्नु पर्ने अवस्था आए आफ्नै कार्यकक्षमा बोलाउने चलन छ। तर, महत सीधै भुइँ तलाको शाखामा छिरेर उपसचिवलाई थर्काएको हल्ला छ।

ती उपसचिव सशांक कोइरालानिकट मानिन्छन्। कांग्रेसकै मन्त्रीले कांग्रेसकै कर्मचारीलाई किन थर्काएका होलान भन्नेमा अन्य कर्मचारी आश्चर्यमा परेका छन्। प्रधानमन्त्री दाहालले मन्त्री फेर्ने कुरा गर्न थालेपछि कर्मचारीले मन्त्रीलाई टेर्न छोडेपछि यस्तो अवस्था आएको कतिपयको वुझाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट