ब्यक्तिगत अपेक्षा पुरा नभएपछि कन्चनरुपका मेयरले हाकिमको किल्किले समाँते

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललनप्रसाद गुप्ताले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेमाथि हातपात गरेका छन्। गुप्ताले घिमिरेलाई आफनै कार्यकक्षमा बोलाएर हात छोडेका हुन।

गुप्ताले सोमबार कार्यकक्षमा बोलाएर हातपात र अभद्र व्यवहार गरेपछि त्यसको बिरोधस्वरुप अहिले उक्त नगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका छन्।

गुप्ताले ऐन/नियमले गर्न नमिल्ने आर्थिक कारोवारमा पनि घिमिरेलाई हस्ताक्षर गर्न दबाब दिदै आएका थिए। तर, घिमिरेले भने उनको कुरालाई वेवास्ता गरेपछि आक्रोशित भएका गुप्ता हातपातमा उत्रिएको जनाईएको छ।

कर्मचारीका अनुसार मेयरले निकै लामो समयदेखि ४ जना आफन्तलाई कर्मचारीमा भर्ना गरी तलव खुवाउँदै आएका थिए। यसअघिका प्रमुख प्रशासकिय अधिकृत रेणुका साहको पालामा ती कर्मचारी निकालिएको छ।

गत ३१ जेष्ठमा घिमिरे हाजिर भएपछि मेयर गुप्ताले ती ४ जना कर्मचारीलाई तलव खुवाउन दबाब दिदै आएका थिए। तर, उनले मेयरको कुरालाई स्विकार गरेनन्। केही महिनापछि नै अवकाश हुने तयारीमा रहेका घिमिरेले ‘कानुनले नमिल्ने काम गर्दिन’ भनेपछि गुप्ताले घिमिरेलाई कार्यकक्षमा बोलाएका थिए। कार्यकक्षमा भएको कुराकानीकै क्रममा आफूमाथि हातपात र दुब्र्यवहार गरेको घिमिरेको भनाई छ।

‘मेयरले ममार्फत ब्यक्तिगत कुराहरु पनि पुरा गर्न खोजे। त्यसलाई स्विकार गर्न नसक्दा आफुमाथि हातपात भयो।’ घिमिरेले भने–‘किल्किले (घाँटी) समाउँन खोजेका थिए। त्यसबाट चाही मँ बाँचे।’

मेयर गुप्ताले भने घिमिरेमाथि हातपात गरेको कुरा अस्वीकार गरेका छन्। पेण्डिङमा रहेका कतिपय काम चाँडै सक्न आफुले घिमिरेलाई भनेको तर हातपात नगरेको उनको भनाई छ। उनले कार्यकक्षको सीसी क्यामराको फुटेज चेक गर्न पनि चुनौती दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट