बालिकालाई बलात्कार गरेको आरोपमा सहपाठी बालक पक्राउ

राजविराज– सप्तरीको कञ्चनरुप स्थित एक विद्यालयमा सहपाठी बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालक पक्राउ परेका छन्।

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालकलाई इलाका प्रहरी कार्यालय कन्चनपुरले पक्राउ गरेको हो।

पीडित बालिकाका बुबाले दिएको उजुरीका आधारमा आरोपित बालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

१४ माघमा विद्यालयको एउटा कोठाभित्र एकान्त कुनामा बालिकालाई बलात्कार गरिरहेको अवस्थामा बालकलाई स्थानीयले रंगेहात पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए।

कोभिड–१९ संक्रमितका लागि विद्यालयमा सञ्चालनमा गरिएको आइसोलेसन केन्द्रको डसना, बिछयौना र फर्निचरका सामान राखिएको उक्त कोठामा बालिको बलात्कार भएको खुलेको छ। कोठामा नयाँ तन्ना समेत फेला परेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले १५ माघमा उजुरी दर्ता गरी पीडितको स्वास्थ्य परीक्षण पनि गरिएको इन्स्पेक्टर अवधकिशोर ओझाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट