होटलमा प्रेमीकाको हत्या गरी वाहिरबाट चाबी लगाएर फरार भएका प्रेमी पक्राउ

काठमाडौं– विवाहेत्तर सम्वन्धमा रहेकी महिलाको हत्या गरेको आरोपमा प्रहरीले दोलखा निवासी महिलाका प्रेमीलाई पक्राउ गरेको छ।

रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला दमाईँको हत्या आरोपमा प्रेमी पक्राउ परेका हुन्। उनलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो।

२६ माघमा काठमाडौँको गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमीलाको हत्या भएको थियो। करिब २८–२९ वर्षकी प्रमीला लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रमीलाको घाँटीमा डोरीले कसेर हत्या गरेको भेटिएको थियो।

महिलाका प्रेमीले लजमा गलत विवरण राखेर कोठा बुक गरेको पाईएको छ। उनले सिन्धुली घर र सन्दीप लामा नाम टिपाएको प्रहरीले जनाएको छ। प्रमीला आफ्ना पतिसँगै गौशालामा बस्दै आएकी थिइन्।

माघ २६ मा उनी प्रेमीसँगै सो लजमा पुगेको खुलेको छ। पक्राउ परेका पुरुष र प्रमिला विवाहेत्तर प्रेम सम्बन्धमा थिए। हत्यापछि होटलको कोठामा बाहिरबाट चावी लगाएर ति पुरुष फरार भएका थिए। माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट