दुईटा विहे स्विकारेको २४ घण्टा नपुग्दै विरगन्जका मेयरविरुद्ध सम्वन्ध विच्छेद र अंश मुद्दा दर्ता

विरगन्ज– किर्ते नागरिक्ता प्रकरणमा विवादमा परेपछि दोस्रो विवाह गरेको स्विकारेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध २४ घण्टा नवित्दै कान्छी श्रीमती रिता भट्टराइले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन्।

भट्टराईले आईतबार पर्सा जिल्ला अदालतमा सम्वन्ध विच्छेद र अंश मुद्दा दर्ता गराएकी हुन। मेयर सिंहले शनिबार गृह मन्त्रालयको छानविन टोलीसँग रिता भट्टराई नाम गरेकी आफ्नी कान्छी श्रीमती र रुविना श्रेष्ठ आफनो छोरी भएको खुलासा गरेका थिए। तर सोधपुछको २४ घण्टा नबित्दै उनीविरुद्ध उनकी कान्छी श्रीमती भट्टराइले आज बिहान अंश दिलाई सम्बन्ध विच्छेद समेत गरि पाउ भनी मुद्दा दर्ता गराएकी छिन्।

पर्सा जिल्ला अदालतका सूचना अधिकारी अमृत मिश्रका अनुसार रिता भट्टराइले राजेशमान सिंहविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन्। निवेदन दर्ता भएको कागजातमा विवाह दर्ताको कागजात पेश नभएको उनले बताए।

निवेदनमा उनकी कान्छी श्रीमती भट्टराई सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका वडा नं. १० मा जन्मिएको र वीरगन्ज महानगरपालिका वडा नं ३ मा बस्ने राजेशमान सिंहकी श्रीमती रहेको खुलाइएको छ। दुवैको प्रेम विवाह २०५७ सालमा भएको र २०५९ सालमा छोरी रुबिनाको जायज जन्म भएको जनाइएको छ।

वीरगन्ज महानगरका मेयर सिंहले झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएको भन्दै गृह मन्त्रालयमा २६ पुसमा उजुरी परेको थियो। वीरगन्जको वडा नम्बर ३ बाट हुँदै नभएको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको मेयर सिंहमाथि आरोप छ। जिल्ला प्रशासन कार्यालयमा रुविना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरबाट नागरिकता जारी भएको छ। यो नागरिकता १३ साउन ०७५ मा जारी भएको हो।

मेयर सिंहविरुद्ध जाहेरी परेपछि गृह मन्त्रालयले छानविनका लागि उपसचिव पुष्कर रानाको नेतृत्वमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेका २ सदस्यीय छानविन टोली गठन गरेको थियो। टोलीले सिंहसँग जिल्ला प्रशासन कार्यालय पर्सामा बिहान ८ बजेदेखि सवा दश बजेसम्म बयान लिएको थियो।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट