वीरगन्जका मेयरले किन बनाए अवैद्य सन्तान? सीडीओ कार्यालयमा पर्यो उजुरी

वीरगन्ज– पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिक्ता प्रकरणमा तानिएका छन्। उनले नक्कली बाबु बनेर झुटो विवरणका आधारमा एक जना किशोरीलाई नागरिकता दिएको भेटिएपछि उनी विवादमा छन्।

१३ साउन ०७५ मा वीरगञ्ज महानगरपालिका–३ बस्ने रुविना श्रेष्ठको नक्कली पिता बनेर उनले नागरिक्ता दिलाएको आरोप छ। सीडीओ कार्यालयका कर्मचारी षड् कुमार पोखरेलले नागरिकता जारी गरेका छन्। त्यस वखत लोकनाथ पौडेल सीडीओ थिए।

किशोरीले पहिलो पटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ। तर, वीरगञ्ज–३ घर भएका मेयर श्रेष्ठको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एउटा छोरा अनिशमान सिंह श्रेष्ठ मात्रै छन्।

३० असार ०५९ जन्ममिति उल्लेख गरिएको नागरिकतामा आमाको नाम खुलाइएको छैन। त्यसपछि ८ फागुन ०७६ मा रुविनाले प्रतिलिपि नागरिकता निकालेकी छिन्। जुन प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जारी गरेका हुन्।

सिंहले राजनीतिक फाइदाका लागि अरुको सन्तानलाई झुटो विवरण पेस गरेर आफ्नो नामबाट नागरिकता दिलाएको हुन सक्ने आशंका गरिएको छ।

गैरकानुनी ढंगबाट नागरिकता प्राप्त गरेकी किशोरी रुविना हाल राहदानी बनाएर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको जनाइएको छ। सीडीओ कार्यालय पर्साको नागरिकता फाँटका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले पुरानो ढड्डाको आधारमा प्रतिलिपि नागरिकता जारी गरिएको बताए।

रुविनालाई नागरिकता दिनका लागि वीरगञ्ज महानगरपालिका–३ का निमित्त वडाध्यक्ष (तत्कालीन वडा सदस्य) तुफैल अखतर ठकुराईले सिफारिस दिएका छन्। त्यसवेला वडा अध्यक्ष रहेका बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन्। नागरिकताका लागि सिफारिस गर्दा उनलाई बिदामा राखेको पाईएको छ।

मेयर सिंहविरुद्ध सीडीओ कार्यालय पर्सामा नागरिकता कीर्ते गरेको भन्दै जाहेरी समेत परेको छ। सीडीओ दिनेशसागर भुसालले त्यस विषमा अनुसन्धान हुने बताए। मेयर सिंहले भने प्रपन्च गरेर आफुलाई बदनाम गर्न खोजेको वताएका छन्।

६ वर्ष अघि जारी भएको नागरिकताको विषयलाई अहिले सार्वजनिक गरेर बदनाम गर्न खोजेकाले कानुनी उपचारमा जाने उनले बताएका छन्। तर, किशोरीलाई आफु बाबु बनेर नागरिकता जारी गरेको भने भने उनले घुमाउरो पाराले स्विकार गरेका छन्। ‘विगतमा मान्छेको निजी जीवनमा के के हुन्छ हुन्छ, अहिले सार्वजनिक पदमा बसेको बेलामा सार्वजनिक गर्न मिल्छ ?’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट