विरगन्जका मेयरको खुलासाः रुविना श्रेष्ठ मेरै छोरी हो, २ वटा बिहे गरेको छु

वीरगन्ज– किर्ते गरेर नागरिक्ता वनाई दिएको आरोपका कारण विवादमा परेका वीरगन्जका मेयर राजेशमान सिंहले रुविना श्रेष्ठ आफनै छोरी भएको खुलासा गरेका छन्। गृह मन्त्रालयको छानविन टोलीलाई बयान दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन।

छानविन टोलीले आज करिव दुई घण्टा मेयर सिंहसँग बयान लिएको छ। फर्जी विवरणको आधारमा नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध जाहेरी परेपछि गृह मन्त्रालयले छानविनका लागि उपसचिव पुष्कर रानाको नेतृत्वमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेका २ सदस्यीय टोली गठन गरेको थियो।

झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएको प्रकरणमा टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा बयान लिएको हो। जिल्ला प्रशासन स्रोतका अनुसार मेयर सिंहसँग बिहान ८ बजेदेखि सुरु भएको बयान सवा दश बजेसम्म चलेको थियो।

गृह मन्त्रालयको टोलीले मेयर सिंहसँग मौखिक तथा सोधपुछ कागज गराएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ। यो क्रममा गृह मन्त्रालयबाट गठित २ सदस्यीय छानबिन टोलीले सिंहविरुद्ध परेको जाहेरीसँग सम्बन्धित कागजातका आधारमा सोधपुछ गरेको सहायक सीडीओ शिव लम्सालले बताए।

बयानका क्रममा मेयर सिंहले रुविना आफ्नो छोरी भएको स्वीकार्दै दुई वटा विवाह गरेको वताएका थिए। वीरगन्ज महानगरका मेयर सिंहले झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएको भन्दै गृह मन्त्रालयमा २६ पुसमा उजुरी परेको थियो।

वीरगन्जको वडा नम्बर ३ बाट हुँदै नभएको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको मेयर सिंहमाथि आरोप छ। जिल्ला प्रशासन कार्यालयमा रुविना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरबाट नागरिकता जारी भएको छ। यो नागरिकता १३ साउन ०७५ मा जारी भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट