प्रेमिकाको गोप्य भिडिओ र फोटा आफन्तलाई पठाउँदै चरित्रहत्या गर्ने थापा पक्राउ
काठमाडौं– प्रेमिकासँगको सम्बन्ध विग्रिएपछि गोप्य भिडिओ तथा फोटाहरु महिलाका आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भइ टोखा नगरपालिका–११ बानियाटार बस्दै आएका २७ वर्षीय किरण थापालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई ९ माघमा गोंगबुबाट केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका थापाविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ। सम्बन्ध राम्रो हुँदा थापा र एक महिलाबीच गोप्य भिडिओ तथा फोटाहरु साटासाट भएको थियो।
सम्बन्ध बिग्रिएपछि ती गोप्य भिडिओ तथा फोटाहरु पीडित महिलाका आफन्तलाई पठाउँदै चरित्र हत्या गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रतिक्रिया