गजल गायक पंकज उदासको निधन

काठमाडौं– गजल गायक पंकज उदासको निधन भएको छ। ७२ वर्षको उमेरमा उनको आज निधन भएको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन्।

उनी विगत केही दिनदेखि बिरामी थिए। १७ मे १९५१ मा गुजरातको जेतपुरमा जन्मिएका उनी आफ्ना तीन भाइहरूमध्ये कान्छा थिए। उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो।

उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए। उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए। उनकी आमा जितुबेन उदासलाई गीत निकै मन पर्थ्यो। यही कारण पंकज उदास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो।

पंकजले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट