टेरामक्स प्रकरणले रिसाएका स्वास्थ्यमन्त्री भन्छन्ः विपक्षीहरु ‘पुङ न पुच्छर’को कुरा वोकेर हिँडे

काठमाडौँ — प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाले विवादित मन्त्रीहरूलाई हटाउँन माग गर्दै एक स्वर गरिरहेका छन्।

ललितपुरको बालकुमारीमा भएको घटनाका आरोपित भनिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा गएर बयान दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र रामग्रामको जग्गा प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्नुपर्ने माग प्रतिपक्षी दलहरूले गरेका छन्।

तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भने प्रतिपक्षीहरु ‘पुङ न पुछर’ को कुरा बोकेर हिडिरहेको वताएका छन्। सोमबार संसद भवनमा टेरामक्स प्रकरण बारे पत्रकारले प्रश्न सोधेपछि झोक्किएका बस्नेतले आफूमाथि आरोपमात्रै लागेको र प्रमाणित नभएको बताए।

उनले एनसेलको अर्बौको घोटाला लुकाउन टेरामक्स प्रकरण उछालिएको आरोपसमेत लगाए। ‘प्रतिपक्षिको आन्दोलन हामीले हेर्दाखेरी पुङ न पुच्छरका कुरा लिएर हिडेका छन्। उजुर गर्न आफै हिड्छन्, बोल्न आफै हिड्छन्। आफ्नो तरिकाले आफूले भनेको सबै ठीक हो भन्छन् होइन भने बेठिक हो भन्छन्।’

‘सामान्य नैतिकता पनि मन्त्रीहरुले देखाएनन् भन्ने छ नी ?’ भन्ने प्रश्नमा उनले ‘के हो नैतिकता?’ भन्दै उल्टै प्रश्न गरे। एनसेल प्रकरणलाई ढाकछोप गर्न टेरामक्सको फण्डा गरिएको उनको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट