स्वदेश फर्किन नपाई पदच्युत हुने भए श्रममन्त्री भण्डारी

काठमाडौं– यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी विदेशमै भएका बेला पदमुक्त हुने भएका छन्।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग सहमति गरी सत्ता गठवन्धनमा काँध फेरेपछि भण्डारी विदेशमै पदमुक्त हुन लागेका हुन।
मन्त्री भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा छन्। वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको ‘दुबई रोजगार मेला’को उदघाटनका लागि उनी युएई पुगेका हुन्।
आबुधाबी डाइलगमा सहभागी भएर फागुन पहिलो साता नेपाल फर्किएका मन्त्री दुई सातापछि नै फेरि यएई भ्रमणमा गएका थिए।
मन्त्रालय स्रोतका अनुसार श्रममन्त्री भण्डारी मंगलबार नेपाल फर्किने कार्यक्रम छ। तर, प्रधानमन्त्री दाहालले सोमबार नै सबै मन्त्रीहरु हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया